बेलायतबाट सुरु भयो नेपाली फास्ट फुडको ग्लोबल चेन “मम एण्ड रोटी”

अन्तराष्ट्रिय बाजारमा नेपाली ब्रान्डेड चेन रेस्टुरेन्टहरु कमै मात्रामा छन् , यो अभावलाई चिर्दै “मम एण्ड रोटी” ब्राण्डले आफ्नो चेन रेस्टुरेन्टको सुरुवात बेलायतबाट गरेको छ । लण्डन हन्स्लोमा १ वर्षको प्रयोगात्मक अनुभव संगै सिर्जना गरिएको “मम एण्ड रोटी” ब्रान्डले आफ्नो दोश्रो ब्रान्च बिश्व विख्यात वेम्ब्ली  स्टेडियम नजिकै अल्पर्टनमा विस्तार गरेको छ । अक्टोबर १ बाट सुरु हुने यो ब्रान्चमा नेपाली स्वादका पारखीहरुलाई गुणस्तरिय र स्वास्थ्यबर्धक खानेकुराका लागि उचित गन्तब्य हुने बताइएको छ । “मम एण्ड रोटी ” हिमालयन क्षेत्रको स्वाद बिशेष गरेर नेपाली  खानेकुरालाई अन्तरास्ट्रिय स्तरमा ब्रान्डिंङ गर्न  ग्लोबल ब्रान्डमा काम गरिसकेका एक्जुकेटिभ सेफ बिनोद बरालको कन्सेप्ट  , सर्भिस म्यानेजर बसन्त मैनालीको हस्पिटालीटी, नरेश शर्माको अनुभव, लामो समय यस ब्यबसायमा सक्रिय मनोज मेहता र महेन्द्र भट्टराई लगायतको  टिमले संचालनमा ल्याएको हो । होम डेलिभरी र ईंट इन सुविधा रहेको रेष्टूरेंन्टमा स्वाद अलावा स्वास्थ्यलाई पनि मध्यनज़र गरेर स्टिम भेज ,कम मसला र चिप्लोपनलाई बिशेष ध्यान दिएर मेन्यू तायार गरीएको एक्ज़ूकेटीभ सेफ़ बरालले जानकारी दिनु भयको छ|  “Light Fresh Healthy” नै यो ब्रान्डको मुख्य उदेश्य रहेको भन्दै  इन्डियन खानेकुरा र पश्चिमी खानाको भन्दा अब नेपाली खानाको  भबिस्य उज्वल रहेको भन्दै लगानी गर्न इच्छुक उद्यमीहरुलाई ठाउँ र अवस्था हेरेर अवसर दिन सकिने बरालले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ। बेलायतका अन्य सहरहरु जस्तै अल्डरसट,फ़ार्नबोरो, ग्रिनविच , साउथहल क्षेत्रमा प्रोपर्टी सर्च सुरु भइसकेको र यसका अलावा अस्ट्रेलिया, दुबई, नेपाल,जापान , अमेरिका लगायतका देशहरुमा क्रमसः विस्तार हुँदै जाने लक्ष्य लिएको ब्रान्ड एण्ड ग्रोथ निर्देशक जगन कार्कीले  बताए।

SRC : http://www.sitalpatinews.com/post/1403