आलुबोडीतामा ( AALUBODITAMA )

Aloo Tama is a classic Nepali soup prepared with black eyed beans,potatoes, bamboo shoots and spices. Tama is a non-fermented bamboo shoot product. it is extremely tasty and very appetizing mainly for its slightly sour and pungent taste. Naturally vegan, gluten-free, aloo bodi tama makes a great side with plain rice (cauliflower fried rice or any other grains such as quinoa, couscous, freekek or can be enjoyed by itself as a hearty stew.

 150

Description

  • जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ बाँसको तामा, हाम्रो रैथाने परिकार , लाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण एसियामा बाँसको तामाको प्रचलन छ । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकपि्रय छ । विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । चीनमा त बासको तामा मात्र नभै पात पनि बिभिन्न हर्बल-टिको रुपमा प्रयोग गरिन्छ , जुन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ र चिनमा नै तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ । जापानिजहरुले बाँसलाई ‘किङ अफ ग्रास’कै नाम दिएर पाकशिक्षामा राखेका छन् , जहाँ बाँस र तामाको फाइदालाई पढाईन्छ । बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ , जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ । बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्‍याउँछ । यसले ग्यास्टि्रक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ । पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।