मार्सी भात ( MARSI RICE )

Marsi rice is cultivated in high-hilly region of the country, above 2,900 meters of elevation, like Jumla. It is brown in color and generally considered more fulfilling than normal rice and is considered a better alternative for diabetic patients.

 200

Marsi rice is cultivated in high-hilly region of the country, above 2,900 meters of elevation, like Jumla. It is brown in color and generally considered more fulfilling than normal rice and is considered a better alternative for diabetic patients.

Description

  • मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजातिमध्ये पर्छ । जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाइ) मा धान फल्ने ठाउँ हो। यो प्रजातिको धानमा अरु धानभन्दा कठिन हावापानीमा उम्रन सक्ने विशिष्ट गुण र उत्पादन ‘शक्ति’ निहित छ। कुलोबाट पानी लाग्ने खेत भएको ठाउँलाई ‘जिउलो’ भनिन्छ। विश्वको सबभन्दा उच्चस्थलमा धान फल्ने भनेर भनिएको ‘छुम्चौर’ को जिउलोमा अचेल धानभन्दा आलु धेरै फल्छ। खस साम्राज्य र त्यसअघिका राजाको राजभोजनको एउटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो। उतिबेला मार्सी धान फल्ने जिउलो आसपास राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउलामाथि उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारिपट्टि दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिकको जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्यशक्तिका केन्द्र थिए। स्थानीय ती शक्तिकेन्द्रलाई करस्वरुप मार्सी धान बुझाउँथे। राणा शासनकालपाला चन्द्रशमशेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत् केही माना चामल आउँथ्यो। त्यो क्रम जुद्धशमसेरको पालासम्म चल्यो। कसैकसैले त जंगबहादुरको पाला विसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउँथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात् मोहनशमशेरको पालासम्म रह्यो भन्छन्। मार्सी चामल निरन्तर रुपले राणाको दरबारमा पठाउने क्रम भंग गर्नु पछाडि जुम्लाबाट निरंकुश ‘शक्ति’ विरुद्ध गरिएको विरोधको एक संकेत थियो पनि भनिन्छ। चन्द्रशमशेर र अरु दरबारियाहरु स्वादले वा स्वास्थ्यका कारण मार्सी चामलप्रति आकर्षित भए यकिन छैन। अचेल भने दुवै कारणले यो चामल लोकप्रिय हुँदैछ। मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ। खैरो चामलको भात खाएपछि बढ्ने ब्लड सुगर सेतो चामलको तुलनामा कम हुन्छ। खैरो चामलमा उच्च मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ। यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यस्तै यो चामलमा भएको एन्टिअक्सिडेन्ट गुण र ‘लिग्नान’ तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग , मधुमेह र मोटोपना जोखिम नियन्त्रण गर्छ।