खीर ( KHEER )

साउन पन्ध्रमा खीर खाएर मनाउने प्रचलन रहेकोले साउन १५ का दिनलाई खिर खाने दिनको रुपमा चिनीन्छ । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहालले भनाई छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ , जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा , मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती ,भूइकटहर लगायतका फलफूल खाने चलन छ । साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरु बाट छुटकारा पाउनको लागी पनि दुधबाट बनेको खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।

 150

Category: Tag:

Description

As Shrawan Pandhra is celebrated by savoring Khir , this day is known as day of eating Khir. Though , in western Nepal people believe that it is better to eat Khir entire month of Shrawan , In Nepali culture, there is a saying that eat beaten rice and yoghurt at Asar 15 and Khir at Shrawan 15. As per culturalist Dr, Bishnu Dahal , Nepal being a agricultural country and majority of Nepalese depend on agriculture , culture of consuming Khir got developed as farmers used to celebrate by eating Khir after they accomplish harvesting paddy. As it is believed that dairy products needs to be consumed before meat products at the very beginning of month of Shrawan , Nepalese eat Khir on the first day of month of Shrawan.
As Shrawan is the month to worship Lord Shiva , devotees of Shiva used to worship Lord shiva without any consumption of meat products or fish for entire month of Shrawan.As it is summer season , people used to savour milk, dairy products and more specifically Khir to increase resistant power against herpes and several other skin diseases.Even , Nepalese people avoid meat, fish , alcoholic drinks instead they fast and consume fruits such as mango , watermelon .etc.
As Khir made from milk has immunity power and month of Shrawan falls on rainy season when various infections spread , Nepalese people eat Khir on the month of Shrawan to keep themselves away from diseases.