क्वाँटी (Qwanti)

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने प्रचलन छ । विभिन्न नौ थरीका गेडगुडी ( चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ ) को टुसा उमारी मिसाएर पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ ।क्वाँटी यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी चार दिन पानीमा भिजाएर टुसा उम्रेपछी मात्र पकाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । यसका फाइदाहरू १ )कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो। २ ) मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । ३ )यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ । ४ ) तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ । ५ ) यो सजिलै पाच्य हुन्छ । पेटमा अनावश्यक वायु बनाउँदैन । पाचनशक्तिमा सुधार ल्याउँछ। ६ ) क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । ७) रोग प्रतिरोधात्मक शक्ति बढाउछ । रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ। ८ ) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ। ९ )गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

 150

Category: Tag:

Description

From ancient times . most of Nepalese homes used to cook and eat Qwanti ( a sort of soup made from mix of lentils ) on the day of Janai Purnima. Nine varieties of lentils ( gram , Masyaang , Mugi , bodi , maas , soyabean , Simi , big and small pea) are germinated for four days kept soaked on water to develop a sprout and mixed to prepare a special soup called Qwanti which is specially consumed on the day of Janai Purnima. It.s benefits are mentioned below :

1) As Qwanti is fibre rich food , it removes the problem of constipation .
2) It also benefits people with diabetes and piles.
3) It reduces the aging speed as well as keep body healthy , fit and free of disease.
4) It provides immediate source of energy which body needs to consume.
5) It is easily digestible and doesnot create unnecessary vapor inside stomach instead improve digestive power.
6) It reduces fatigue and mental pressure as it is rich in Vitamin A , B ,C ,E and several other minerals .
7) It improves immunity power , removes malnutrition of weak children and aged people.Regular use of Qwanti increases memory power too.
8) It helps circulatory and nervous system. As lentils with sprouts have alkaline properties , Qwanti removes acidity and urinary tract infections .
9) As seeds have every nutritious elements , Qwanti improves physical beauty as well.